 
																			१७ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा निर्वाचित नमोनारायण माझीले सबैसँग समन्वय गरेर विकास निर्माणको काम गर्ने बताएका छन् ।
पालिका अध्यक्षमा विजयी भएको घोषणापछि उनले पार्टी नहेरी सबैसँग समन्वय गरेर काम गर्ने बताएका हुन् ।
‘हिजो म पार्टीको नेता थिएँ, आज जनताको नेता भएँ, जनप्रतिनिधि भएँ,’ उनले भने, ‘एमाले, कांग्रेस मतलब छैन, सबै मेरा लागि बराबर हो, सबैसँग समन्वय गरेर अघि बढ्छु ।’
पालिकाको विकासका लागि माओवादीको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताउँदै उनले सबैसँग समन्वय गरेर अघि बढ्ने बताए । अन्य उम्मेदवारका राम्रा एजेन्डालाई पनि अघि बढाउने उनले बताए ।
उपनिर्वाचनबाट ग्रामथान गाउँपालका अध्यक्षमा माओवादीका नमोनारायण माझी ६ हजार ९६९ मतका साथ विजयी भएका हुन् । कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत ल्याएर दोस्रो भए । यसैगरी एमालेका तुलसीराम विश्वासले ४ हजार १५९ मन ल्याएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4