+
+

काठमाडौंमा डिजिटल राइट्स फेस्टिबल

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १२:३९

काठमाडौं । काठमाडौंमा ‘डिजिटल राइट्स फेस्टिबल´ सुरु भएको छ ।

डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि फेस्टिबल सुरु भएको हो ।

डिजिटल फ्रिडम कोलिसनको आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयोजनमा भएको फेस्टिबलको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गरेका हुन ।

कार्यक्रममा मगरले संविधानले प्रत्याभूत गरेका व्यक्तिको अधिकारलाई इनटरनेटका माधमबाट कसरी सुरक्षित गर्ने भन्ने विषयमा बहस हुनु पर्ने आवश्यकता औंल्याए ।

व्यक्तिको डाटालाई सुरक्षित राख्दै इन्टरनेटको प्रयोगलाई व्यापक र व्यवस्थित बनाइनु पर्ने भन्दै उनले नियामक निकायले स्वतन्त्रताको हकलाई जोगाउने तर्फ सोच्नु पर्नेमा जोड दिए ।

तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा झन्डै एक दर्जन प्यानलगत छलफल हुने तय भएको कोलिसनका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए ।

फेस्टिबल अन्तर्गत सामाजिक सञ्जाल सम्बन्धी प्रस्तावित कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको चुनौती, एआईको अवसर र सम्भावना, इन्टरनेट माध्यममा महिला, बालबालिका र अपाङ्गता भएका व्यक्ति लगायत विभिन्न समुदायकाको अधिकारका विषयमा छुट्टाछुट्टै छलफल हुने कार्यतालिका छ ।

फेस्टिबलका लागि देशभरबाट सहभागीहरू छनोट गरिएको छ भने झन्डै ४० जना विषय विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको अध्यक्ष अर्यालले जानकारी दिए ।

कार्यक्रमका लागि विदेशबाट समेत वक्ताहरू सहभागी छन। विभिन्न क्षेत्रमा कार्यर व्यक्तिहरूसँग प्यानलगत छलफल हुनेछ । फेस्टिबलमार्फत डिजिटल माध्यमको प्रयोग र व्यवस्थापनका सवालमा नयाँ अवधारणा प्रस्तुत गर्ने आयोजक संस्थाले लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?