+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पीजी चिकित्सकलाई मेडिकल अधिकृत सरह निर्वाह भत्ता दिन माग

सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १७:३२

१७ मंसिर, विराटनगर। नेपाल चिकित्सक संघ कोशी प्रदेशले निजी मेडिकल कलेजमा काम गर्ने आवासीय चिकित्सकहरूको निर्वाह भत्ता न्यूनतम सरकारी सेवामा रहेका आठौं तहका मेडिकल अधिकृत सरह बनाउन माग गरेको छ।

सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।

निजी मेडिकल कलेजमा काम गर्ने आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ताको व्यवस्था लागू गर्नु पर्ने संघको माग छ ।

‘संघले उठाएको मागप्रति चिकित्सा शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सकारात्मक पहल गर्दै स्नातकोत्तर तह (पीजी ) को एमडी एमएस/एमडीएस अध्ययन गर्ने आवासीय चिकित्सकहरुलाई सरकारी सेवाका आठौं तहका मेडिकल अफिसर सरह ४८ हजार ७३७ निर्वाह भत्ता उपलब्ध गराउने निर्णय प्रति आडिग रहन यसै पत्रमार्फत हार्दिक आग्रह गर्दछौं,’ नेपाल चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा. बालकृष्ण साहले हस्ताक्षर गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

पीजी अध्ययनरत आवासीय चिकित्सकहरू कक्षामा बसेर पढ्ने सामान्य विद्यार्थी जस्तो नभई अस्पतालमा दिनरात काम गर्ने जनशक्ति भएकाले सो काम गरेबापत निर्वाह भत्ता आठौं तहका मेडिकल अफिसर सरह नै हुनुपर्ने नेपाल चिकित्सक संघको अडान रहेको उनले बताए ।

निजी मेडिकल कलेजहरुले हाल आवासीय चिकित्सकहरुलाई १९ देखि २४ हजारसम्म मात्र निर्वाह भत्ता दिँदै आइरहेका छन् । आठौं तहका सरकारी मेडिकल अधिकृतको मासिक तलब भत्ता ४८ हजार ७ सय ३७ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?