+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दयाहाङ अभिनित ‘कार्साङ’को टिजर : विपन्नतासँग लडिरहेको झाँक्रीको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १६:२९

काठमाडौं । दयाहाङ राई, जितु नेपाल, दीया मास्केको शीर्ष भूमिका रहेको फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । उच्च पहाडी भेगको शेर्पा समुदायलाई चित्रण गरिएको फिल्मले जीवन चलाउन झाँक्रीको परिवारले गरेको संघर्ष पेश गर्छ ।

अभिनेता राई यसमा झाँक्रीको भूमिकामा छन् । अभाव, गरिब र निसन्तानपनले दिएको सास्तीले दाम्पत्य र सामाजिक जीवनमा आइलाग्ने अवरोधको कथा यसमा छ । यसअघि लिम्बु, राई र मगर समुदायका पात्रको रोल निर्वाह गरेका दयाहाङले यसमा शेर्पाको भूमिकामा अभिनय गरेका छन् ।

याम शेर्पाको निर्देशन र पटकथा लेखन यसमा छ । शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो । उनले आफ्नै समुदायको सांस्कृतिक र मानवीय सम्बन्ध आयामलाई फिल्ममा उतारेका छन् । तपाईंलाई सामाजिक कथाका फिल्ममा रुचि छ भने ‘कार्साङ’ तपाईंको लागि दर्शनीय हुनसक्छ ।

फिल्ममा सिर्जना निङलेखु, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पाको पनि अभिनय छ । बाल कलाकारमा राशी लिम्बु, सोहन थापा छन् ।

हर्क साउद र डीपी खनालको शब्द रहेको गीतमा मनोज थापा मगर, एसडी योगी र बिशो डोङको संगीत, मनोज थापा मगर, एसडी योगी, रेश्मा पुन मगर, बिशो डोङ, सुनिता थेगिम, सुबानी मोक्तान, अस्मान लोप्चन, पाल्मु शेर्पाको आवाज छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई प्रधानले छायांकन गरेका हुन् । सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।

‘कार्साङ’ पुस २६ गते पदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?