+
+

दक्षिण कोरियाका रक्षामन्त्रीले दिए राजीनामा

राष्ट्रपति युन सुक योलले सैनिक शासन लागु गर्ने निर्णय ६ घण्टामै फिर्ता लिएका र उनीविरुद्ध विपक्षीले महाअभियोग प्रस्ताव अघि बढाएपछि रक्षामन्त्री ह्युनले राजीनामा दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १४:०५

२० मंसिर, काठमाडौं । दक्षिण कोरियाका रक्षामन्त्री किम योङ्ग ह्युनले दिएको राजीनामा दिएका छन् । उनको राजीनामा राष्ट्रपति युन सुक–योलले स्वीकृत पनि गरिसकेका छन् ।

राष्ट्रपति युन सुक योलले सैनिक शासन लागु गर्ने निर्णय ६ घण्टामै फिर्ता लिएका र उनीविरुद्ध विपक्षीले महाअभियोग प्रस्ताव अघि बढाएपछि रक्षामन्त्री ह्युनले राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिँदै भनेका छन्, ‘ती सबै घटनाक्रमको जिम्मा लिन्छु ।’ ह्युन सेनाका अवकाशप्राप्त जनरल हुन् । उनी राष्ट्रपति युनका स्कुलका सहपाठी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?