+

अपराजित चितवनविरुद्ध जितविहीन कर्णालीको प्रतिस्पर्धा

२०८१ मंसिर  २१ गते ६:११ २०८१ मंसिर २१ गते ६:११
अपराजित चितवनविरुद्ध जितविहीन कर्णालीको प्रतिस्पर्धा

२१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं दिन आज पनि दुई खेल हुँदैछ । त्यसमध्ये पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

दुई टोलीको अहिलेसम्मको यात्रा फरक छ । लिगअघि कमजोर मानिएको कुशल मल्ल कप्तान रहेको टिम चितवनले लगातार दुई खेल जितेर अपराजित छ । उता सन्तुलित अनि शिखर धवनको आगमनले चर्चित बनेको कर्णाली याक्सले भने अपेक्षाभन्दा फरक नतिजा निकालेको छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले सुरूवाती दुवै खेलमा हार व्यहोरेको छ ।

चितवनले आफ्नो पहिलो खेलमै काठमान्डु गुर्खाजलाई पराजित गर्दै शानदार सुरुवात गरेको थियो । त्यसपछि दोस्रो खेलमा पोखरा एभेन्जर्समाथि सानदार जितसहित चितवनले ४ अंक जोडेको छ ।

युवा कप्तान कुशल मल्लसहित लेफ्ट आर्म मिडियम पेसर रिजन ढकाल अनि युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसमा टी२० विश्वकप जितिसकेका भेट्रान खेलाडीहरु सोहे तनविर र रवि बोपारा अनी नेपालका शरद भेषावकरको अनुभवले टिमलाई मोटिभेट गरिरहेको छ ।

चितवनका दुई लेफ्ट आर्म मिडियम पेर तनविर र रिजनले राम्रो प्रदर्शन गरिरहेका छन् । उनीहरुलाई स्पीन अलराउण्डरहरु कुशल मल्ल, लुक बेन्केन्सटेइनले राम्रो साथ दिएका छन् । यसैगरी ब्याटिङमा पनि सबैले योगदान गरिरहेका छन् । विशेषगरी चितवन मिडल अर्डरमा राम्रो छ । ओपनर हसन र दीपक चल्न नसकेपनि मिडल अर्डरमा कुशल मल्ल, बोपारा, लुक बेन्केन्सटेइन र सन्तोष कार्कीले राम्रो खेलेका छन् ।

अर्कोतर्फ राष्ट्रिय टिमका सोमपाल कामी र गुल्सन झा जस्ता चर्चित खेलाडीहरु भएको कर्णालीको टिम सन्तुलित छ र विदेशी खेलाडीहरु पनि अनुभवी छन् । तर मैदानमा नतिजा ल्याउन भने सकेको छैन । पहिलो खेलमै जनकपुर बोल्ट्ससँग पराजित भएको कर्णाली त्यसपछि काठमान्डु गुर्खाजसँग पराजित भयो ।

कर्णालीको टिममा धवनसहित ओमानका पूर्व कप्तान जिसान मक्सुद, हङकङका बाबर हायत अनी वेष्ट इन्डिजका भेट्रान खेलाडी चाडविक वाल्टन छन्  । तर कोही पनि म्याच विनर बन्न सकका छैनन् । धवनले काठमान्डु विरुद्ध अर्धशतक प्रहार गरेपनि जितक लागि पर्याप्त बन्न सकेन । काठमान्डु विरुद्ध कर्णाली बलिङमा चुक्दा पराजित हुनुपरेको थियो ।

धवनले पहिलो खेलमा रन हान्न नसकेपनि दोस्रो खेलमा अविजित ७२ रन बनाएका थिए । तर अर्का ओपनर देव खनालको ब्याट चल्न सकेको छैन । अन्य विदेशी खेलाडीहरुले पनि राम्रो खेल्न सकेका छैनन् । लोअर अर्डमा नेपाली खेलाडीहरुले रन हानेपनि पर्याप्त भएको छैन । टप अर्डरले रन हाने पछि आउने खेलाडीलाई सहज हुनेछ ।

आज चितवन लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ । कर्णाली चितवनको अपराजित यात्रा ब्रेक गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

कर्णालीका कप्तान सोमपाल कामीले यसअघिका खेलमा भएका गल्तीलाई सुधार गर्दै आउने खेलमा राम्रो प्रदर्शन गर्ने बताएका थिए । लगातारको हारको दबाबमा भन्दा पनि जिम्मेवारी बढेको सोमपालको भनाई थियो ।

खेल : कर्णाली याक्स भर्सेस चितवन राइनोज

मिति र समय : २१ मंसिर, विहान ९ बजे

स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

कर्णाली याक्स सम्भावित ११ : शिखर धवन, देव खनाल, बाबर हायत, चाडविक वाल्टन/विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, भुवन कार्की, विपिन प्रसाद शर्मा

चितवन राइनोज सम्भावित ११ : हसन एइसाखिल, दीपक बोहरा, कुशल मल्ल, रवि बोपारा, लुक बेन्केन्सटेइन, सन्तोष कार्की, शरद भेषावकर, अमर सिंह राउटेला, रिजन ढकाल, रन्जित कुमार, सोहेल तनविर

एनपीएल प्रिभ्यू

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय