+
+

नीति शाहको डेब्यु फिल्म ‘खजुरे ब्रो’ युट्युबमा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १६:३८

काठमाडौं । पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी अभिनेत्री नीति शाहको डेब्यु फिल्म ‘खजुरे ब्रो’ युट्युबमा रिलिज भएको छ । ओएसआर डिजिटल च्यानलले शुक्रबार फिल्म सार्वजनिक गरेको हो ।

सुरज सुनुवार निर्देशित फिल्म गत वैशाख २८ मा हलमा रिलिज भएको थियो । फिल्म बक्स अफिसमा भने चलेन । फिल्ममा नीतिले धरानकी एक युवतीको भूमिका निर्वाह गरेकी छन् ।

फिल्मले मित्रता र पैसाले श्रीमान–श्रीमतीको सम्बन्धमा ल्याउने उतारचढावको कथा भन्छ । धरानका वास्तविक पात्र खजुरे ब्रोको जीवनबाट प्रभावित रहेर बनेको यो फिल्ममा नीतिका साथै महेश त्रिपाठी र रिअर राईको मुख्य भूमिका छ ।

डेब्यु फिल्मपछि नीति एकपछि अर्को ठूला ब्यानरका फिल्ममा व्यस्त रहिन् । उनको पछिल्लो फिल्म ‘ज्वाइँ साब’ दशैंमा हलमा लागेको थियो । यतिबेला भने उनी राजेश हमालको फिल्म ‘नरसिंह अवतार’ लगायतका फिल्ममा काम गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?