२२ मंसिर, काठमाडौं । ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगितामा पहिलो भएको छ।
३३औँ अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा शनिबार भएको खेलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०–१२ को स्कोरले हराउँदै पहिलो भएको हो।
विजेता डब्ल्युएसएकी जाेती अर्याल उतकृष्ट खेलाडी घाेषित हुँदा जावलाखेलकी रजनी राई सर्वाधिक स्काेरकर्ता बनिन्।
प्रतियोगितामा बिआइए, डब्ल्युएसए, जावलाखेल र एससिआइएनएनसहित चार टोली सहभागिता रहेको थियो। जसमा एससिआइएनएन तेस्रो भयो।
विजेता खेलाडीलाई बास्केटबल संका अध्यक्ष भीमसिंह गुरुङ ट्रफी, मेडल र प्रमाणपत्र हस्तानतरण गरेका थिए ।
प्रतिक्रिया 4