+
+

सुशान्त केसीलाई सन् २०२४ मा ४४ मिलियन पटक सुनियो स्पोटीफाइमा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १२:२९

काठमाडौं । विश्वभर लोकप्रिय सांगीतिक प्लाटफर्म स्पोटीफाइले सन् २०२४ मा धेरै सुनिने गीत र संगीतकर्मीको सूची सार्वजनिक गरिरहेको छ । प्लाटफर्म प्रयोगकर्ताले पनि आफूले धेरै सुनेको गीत र अवधिबारे जानकारी पाएका छन् ।

यस्तोमा स्पोटीफाइमा चर्चित नेपाली संगीतकर्मीले यस वर्षको प्लाटफर्मको तथ्यांकबारे सार्वजनिक गरिरहेका छन् । सार्वजनिक तथ्यांकअनुसार सन् २०२४ मा गायक सुशान्त केसीलाई स्पोटीफाइमा ४४ मिलियन (४ करोड ४४ लाख) पटक सुनिएको छ ।

युवेश थापालाई २३ मिलियन (२ करोड ३० लाख) पटक सुनिएको छ भने समीर श्रेष्ठलाई २२ मिलियन (२ करोड २० लाख) पटक सुनिएको छ ।

पूर्ण राईलाई १५ मिलियन (१ करोड ५० लाख) पटक सुनिएको छ । स्वप्न सुमनलाई १४ मिलियन (१ करोड ४० लाख) पटक सुनिएको छ । ओएसिस थापालाई पनि १४ मिलियन (१ करोड ४० लाख) पटक सुनिएको स्पोटफाईको तथ्यांक छ ।

अर्का गायक विपुल क्षेत्रीलाई ९५ लाख पटक सुनिएको तथ्यांक छ । सज्जनराज वैद्यले भने स्पोटीफाइ तथ्यांक सार्वजनिक गरेका छैनन् । गत वर्ष उनी स्पोटीफाइ प्लाटफर्ममा विदेशमा धेरै सुनिने नेपाली गायक बनेका थिए ।

यस वर्ष सुशान्त केसीले एकपछि अर्को गरी हिट गीतहरु दिए । जसकारण यस वर्ष उनलाई स्पोटीफाइमा सुन्नेको संख्या उच्च देखिएको अनुमान छ । यस वर्ष सुशान्तले बार्दली, पर्ख न, झ्यालबाट, सारङ्गी जस्ता हिट गीत दिए ।

सज्जनराज वैद्यले यस वर्ष केही गीत त दिए तर अघिल्ला जस्ता चर्चा भने पाउन सकेनन् । स्पोटीफाइका अनुसार सज्जनराजलाई मासिक रुपमा सुन्नेको संख्या अहिले ३ लाख ९८ हजार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?