+
+

मान्छेहरूले पत्याएका छैनन्, केही समयपछि भारत पनि जान्छु : प्रधानमन्त्री

‘हामी देश बनाउँछौं । कर्णालीमा पुल बन्ने भएको छ । चीन भ्रमणबाट अरु थुप्रै कुराहरू भएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अब म मान्छेहरूले पत्याएका छैनन् होला, केही समयपछि भारत भ्रमणमा पनि जान्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १७:५३
Photo Credit : PM Office

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयपछि आफू भारत भ्रमणमा जाने जानकारी गराएका छन् । झापाको दमकस्थित व्यापारिक कम्प्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबाट देशको हितका लागि धेरै कुरा भएको र चाँडै भारत भ्रमणमा जाने बताएका हुन् ।

‘हामी देश बनाउँछौं । कर्णालीमा पुल बन्ने भएको छ । चीन भ्रमणबाट अरु थुप्रै कुराहरू भएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अब मान्छेहरूले पत्याएका छैनन् होला, म केही समयपछि भारत भ्रमणमा पनि जान्छु ।’

उनले आफू संयूक्त राष्ट्रसंघको भ्रमणमा गएका बेला आठ दिनमै ४३ वटा कार्यक्रम सकेर फर्किएको पनि सुनाए । ‘अस्ति संयुक्त राष्ट्रसंघको भ्रमणमा गएँ, र १० दिनमा नेपाल आइपुगेँ । ८ दिनमा ४३ वटा कार्यक्रम गरेर म फर्किएँ ।’

फरक प्रसंगमा प्रधानमन्त्री बनेपछि देशमा बिग्रिएको अर्थतन्त्र सुधारका लागि धेरै व्यस्त बन्नुपरेको उनले उल्लेख गरे ।

‘म प्रधानमन्त्री भएपछि धेरै व्यस्त भएँ । देशको अर्थतन्त्र धेरै तल गिराइएको रहेछ । त्यो ढुकुटीमा पैसा थोपो छैन । तिर्नुपर्ने धेरै रहेछ । त्यस्तो अवस्थामा सरकार पुगेको रहेछ । राज्य पुगेको रहेछ । त्यस स्थितिबाट फर्काउनका लागि धेरै मेहनत गर्नुपर्ने थियो । त्यसमा म लागेको थिएँ,’ ओलीको भनाइ थियो ।

आफू प्रधानमन्त्री हुँदा देशमा विकासको लहर नै आएको उनको दाबी थियो । ‘हामी निष्क्रिय बसेका छैनौं । निष्क्रिय बस्ने बानी पनि छैन । हामीले नेपालको सहि दृष्टिकोण के हो भन्ने कुरा स्पष्ट गरेका छौं । चीन भ्रमणबाट हामीले देशको हितको पक्षमा उपलब्धि लिएका छौं । हामी अगाडि बढ्छौं,’ प्रधानमन्त्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?