+
+

ट्रायम्फ नेपालको ‘लिगेसी राइड : बन्दीपुर एडिसन’ सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते १५:१२

काठमाडौं । ट्रायम्फ नेपालको पहिलो औपचारिक मोटरसाइकल र्‍याली ‘ट्राइम्फ लिगेसी राइड : बन्दीपुर एडिसन’ सम्पन्न भएको छ ।

ट्रायम्फ मोटरसाइकलका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले २२ र २३  मंसिरसम्म सञ्चालन गरेको र्‍यालीमा २२ ट्रायम्फ मोटरसाइकलमा २९ जना राइडरहरू सहभागी भएका थिए ।

शनिबार बिहान राइडरहरु नक्साल स्थित ट्राइम्फ शोरुमबाट पुष्पलाल राजमार्ग र पृथ्वी राजमार्गको मनोरम दृश्य र सुन्दर घुमाउरो सडकतर्फ प्रस्थान गरेका थिए । सुन्दर जङ्गल, झरना, नदीहरूको मनोरम दृश्य पार गर्दै राइडरहरु साँझ बन्दीपुर पुगेका थिए ।

दोस्रो दिन राइडरहरूले सांस्कृतिक रुपमा समृद्ध बन्दीपुर गाउँ र बन्दीपुरका विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गरेका थिए ।

ट्राइम्फ नेपालका प्रबन्धक सागर थापाले ‘ट्रायम्फ लिगेसी राइड : बन्दीपुर एडिसन’ ट्राइम्फ मोटरसाइकल राइडरहरूको उत्सव मात्र नभई नेपालको बढ्दो मोटरसाइकल कल्चरको नयाँ यात्राको सुरुवात भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?