+

डुवानाको राष्ट्रिय कीर्तिमान

२०८१ मंसिर  २६ गते २२:३१ २०८१ मंसिर २६ गते २२:३१
डुवानाको राष्ट्रिय कीर्तिमान

२६ मंसिर, काठमाडौं । नेपाली पौडीवाज डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले जनाएका छन् ।

डुवानाको नाममा १ मिनेट १६.४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उक्त कीर्तिमान डुवानाले थाइल्यान्डमा भएको उमेरसमूहको प्रतियोगितामा बनाएको पौडी संघका सचिव गंगालाल गोलेले जानकारी गराए ।

विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय