+
+

बाक्लो हिउँ जमेपछि बन्द भयो हिल्सा नाका

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते ७:०४

२७ मंसिर, सिमकोट । हिमपात भएपछि चीनसँगको सिमाना जोडएको हिल्सा नाका बन्द भएको छ ।

सोमबार बिहानैबाट भएको हिमपातको कारण ४६७० मिटर अग्लो नारा लेकमा बाक्लो हिउँ जमेको छ । त्यसले गर्दा हिल्सा आउजाउ गर्ने सडक अबरुद्ध भएको हो ।

नारा लेकमा दुई फिटभन्दा बढी हिउँ जमेको कारण यारी हिल्सा र हिल्सा यारी सडक सोमबारबाट अवरुद्ध भएको प्रहरी निरीक्षक सरोज कँडेलले बताए ।

आइतबारसम्म सो सडकमा यातायातका साधनहरु सञ्चालनमा थिए । उनले करिब बीस किलोमिटर सडकमा बाक्लो हिउँ जमेको कारण सडक बन्द भएको र हिल्सामा रहेका मानिस हिल्सामै रोकिएको बताए ।

हिल्सामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, यारी नाका भन्सार कार्यालयका कर्मचारी, होटेल व्यवसायी लगायत बस्दै आएका छन् । नारा क्षेत्रको सडकमा जमेको हिउँ नपन्छाएसम्म उक्त सडक सञ्चालनमा आउने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?