
२७ मंसिर, काठमाडौं । राधि विद्युत् कम्पनीले सेयरधनीका लागि ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
साथै कम्पनीले पुस १८ गतेका लागि साधारणसभा बोलाएको छ । पुस ४ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश र साधारणभामा भाग लिन सक्नेछन् ।
साथै कम्पनीले १ बराबर ०.६९८९ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगको सहमति पश्चात साधारणसभामा प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4