+
+

इनफिनिक्सको हट ५०आई स्मार्टफोन सार्वजनिक, कति छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते १४:००

काठमाडौं । इनफिनिक्सको हट ५०आई स्मार्टफोन सार्वजनिक भएको छ ।

उच्चस्तरीय क्यामेरा सुविधा र मनोरञ्जन विकल्प रहेको हट ५०आई स्मार्टफोनको मूल्य १४ हजार ४९९ रुपैयाँ तोकिएको छ । नयाँ स्मार्टफोन फोटोग्राफी प्रेमी र मनोरञ्जन खोज्नेहरूका लागि उत्तम साथी हुने कम्पनीको विश्वास छ ।

४८ एमएपी प्राइमरी रियर क्यामेरासहित प्रयोगकर्ताले एआई फोटोग्राफी प्रविधिबाट समृद्ध, स्पष्ट र उच्च रेजुलेसनका साथ तस्वी खिच्न सक्ने फिचर समावेश छन् ।

८एमपी फ्रन्ट क्यामेराले सेल्फीलाई उत्कृष्ट बनाउँछ, जसमा बिल्ट-इन ब्युटिफिकेसन फिचरहरू पनि रहेको कम्पनीले जनाएको छ ।

१२० हर्ज रिफ्रेस रेट भएको ६.७ इन्चको एचडी प्लस डिस्प्लेले उज्यालो दृश्य र सहज ट्रान्जिसन प्रदान गर्नुका साथै भिडियो स्ट्रिमिङ र गेमिङलाई रमाइलो बनाउनुका साथै यसले स्लिक ब्ल्याक, सेग ग्रिन र टिटानियम ग्रे जस्ता आकर्षक रंग प्रदान गर्ने कम्पनीको भनाइ छ ।

मीडियाटेक हेलियो जी८१ प्रोसेसर र ४जीबी र्‍यामले यो उपकरणलाई सहज प्रदर्शन र प्रभावकारी मल्टिटास्किङ गर्न सक्षम बनाउँछ । १२८ जीबी स्टोरेज (१टीबीसम्म विस्तार गर्न मिल्ने) सँग, प्रयोगकर्ताहरूले ठाउँको चिन्ता बिना थप सामग्री सुरक्षित गर्न सक्ने कम्पनीले जनाएको छ ।

५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टले यो स्मार्टफोनलाई दिनभरि प्रयोग गर्न योग्य बनाउँछ, जसले फोटो खिच्न, कनेक्ट गर्न र मनोरञ्जन लिन सक्षम बनाउँछ । कम्पनीका अनुसार इनफिनिक्स हट ५०आई नेपालभरिका सबै अधिकृत रिटेलरहरू र अनलाइन प्लेटफर्महरूमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?