 
																			२७ मंसिर, काठमाडौं । चालु आवमा कात्तिक मसान्तसम्म मुलुकको भुक्तानी अवस्था (शोधनान्तर स्थिति) २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय रिपोर्टअनुसार चालु आवको ४ महिनामा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब बचतमा रहेको हो । मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ ।
अघिल्लो वर्ष यसै अवधिमा मुलुकको भुक्तानी अवस्था १ खर्ब ५० अर्ब २४ करोड बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4