+
+
एनपीएल :

विराटनगरको दोस्रो जित, चितवनको तेस्रो हार (तस्वीरहरू)

जारी एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । चितवनको भने यो तेस्रो हार हो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ मंसिर २८ गते १९:५८

२८ मंसिर, काठमाडौं । पछिल्लो खेल हारेका दुई टोली विराटनगर किङ्ग्स र चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार प्रतिस्पर्धा गरे ।

बसिर अहमदको अलराउण्ड प्रदर्शनमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको छ ।

जारी एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । यो जितसँगै उसले ६ खेलबाट ४ अंक जोडेको छ । विराटनगरको प्लेअफको झिनो सम्भावना अझै कायम छ ।

चितवनको भने यो तेस्रो हार हो । यो हारसँगै प्लेअफमा पुग्ने चितवनको सम्भावनालाई धक्का लागेको छ । चितवनले ६ खेलबाट ६ अंक बटुल्दै चौथो स्थान यथावत् राखेको छ ।

चितवनले अब लिगको अन्तिम खेलमा शनिवार प्लेअफमा छनोट भइसकेको जनकपुर बोल्ट्सको सामना गर्नेछ ।

शुक्रबार यी दुई टोलीबीचको प्रतिस्पर्धाका केही तस्वीरहरूः

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?