+
+

नेपाल नर्सिङ संघमा चन्द्रकला शर्माको प्यानल विजयी

नेपाल नर्सिङ संघको अध्यक्षमा प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै विजयी भएको छ । शर्माले २ हजार १५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेकी थापाले १ हजार ३७० मत मात्रै प्राप्त गरिन्।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २९ गते १८:०७

२९ मंसिर, काठमाडौं। नेपाल नर्सिङ संघको अध्यक्षमा प्राध्यापक चन्द्रकला शर्मा विजयी भएकी छिन् । शनिबार २०औं केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनबाट शर्मा समूहको प्यानल नै विजयी भएको छ । एमाले र माओवादी निकट शर्मा नेतृत्वको समूहले कांग्रेस र एकीकृत समाजवादी निकट गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको हो ।

अध्यक्ष पदमा शर्माले २१५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेकी थापाले १ हजार ३७० मत मात्रै प्राप्त गरिन्। यस्तै अध्यक्ष पदका अर्की उम्मेदवार वसन्ती थापाले २८२ मत मात्रै प्राप्त गरिन् ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा विजयी भएका छन् । सुब्बाले २ हजार ६० मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी कल्पना श्रेष्ठ जोशीले १ हजार ५९७ मत पाइन् । उपाध्यक्षमा बबिता घिमिरे २ हजार ११ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी मनिषा कोइरालाले १ हजार ५७० मत पाइन् ।

यस्तै संघको महासचिवमा डा. देवकाकुमारी आचार्य १ हजार ७३३ मत ल्याउँदै निर्वाचित भइन् । उनका प्रतिस्पर्धीहरू मीनाकुमारी कार्कीले १ हजार ३४७ मत र जानकी धामीले ६२२ मत पाए । सचिवमा भने वेली पौडेलले बाजी मारेकी छिन् । बेनीले २ हजार ९० मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी जया मिश्रले १ हजार ५७३ मत मात्र ल्याइन् ।

यसैगरी संघको कोषाध्यक्षमा तुलसादेवी अधिकरीले २ हजार १८८ मतसहित निर्वाचित भएकी छिन्। उनकी प्रतिस्पर्धी रमादेवी पहारी (ज्ञवाली)ले १ हजार ४८२ मत मात्र पाइन् । यस्तै खुल्ला केन्द्रीय सदस्‍यमा शर्मा प्यानलकै मेनुका पोखरेल २ हजार ८८ मतसहित विजयी भएकी छिन् भने उनकी प्रतिस्पर्धी सानुकुमारी विष्टले १ हजार ५८१ मत मात्र ल्याइन् ।

आदिवासी जनजातितर्फ कला बस्याल गुरूङ र हरिप्रसाद कोजु विजयी भएका छन् । कलाले २ हजार १० मत र कोजुले २ हजार ८२ मतसहित विजयी भएका हुन् । उनीहरूका प्रतिस्पर्धीहरू रुपादेवी थापाले १ हजार ६७३ मत र रति पाक्वाङले १ हजार ५८७ मत मात्र पाइन् । दलित सदस्यमा कोपिला विश्वकर्माले २ हजार १२२ मत ल्याउँदै प्रतिपस्पर्धी निशा विकलाई हराइन्। निशाले १ हजार ५४३ मत ल्याइन् ।

यस्तै मधेशी र मुस्लिम सदस्यतर्फ पासपति जयसवालले २ हजार २६ मत र सवेनाज वेगमले २ हजार ३५ मत ल्याएर निर्वाचित भएका छन् । उनीहरूका प्रतिद्वन्दी अन्जु ठाकुरले १ हजार ६२६ मत र जाफ्रे आलम अन्सारीले १ हजार ५९८ मत पाए ।

संघको अनमीतर्फ जानु मोक्तानले २ हजार ७० मत र शान्तिकुमारी विश्वकर्माले २ हजार ६२ मत ल्याएर निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी सफला बुढाथोकीले १ हजार ६२० मत र सीताकुमारी प्याकुरेलले १ हजार ५१८ मत ल्याए ।

यता, नेपाल नर्सिङ परिषद्‌ सदस्यमा भने तीनजना विजयी भएका छन् । जसमा राजदेवी अधिकारी घिमिरेले १ हजार ८७० मत, सुमिता पाठकले १ हजार ९९७ मत र राधा देवी आर्चार्यले १ हजार ७०५ मतसहित निर्वाचित भएका छन् । उनीहरूका प्रतिद्वन्द्वी ज्ञानु महर्जनले १ हजार ५४७ मत, मित्राकुमारी देवकोटाले १ हजार ४१७ मत र सरला केसीले १ हजार ५५९ मत प्राप्त गरे ।

यस्तो छ निर्वाचनको नतिजा :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?