+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राजधानीमा सिन्धुलीको जुनार मेला, गोलन्जोरको जुनार उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते २०:५७

३० मंसिर, काठमाडौं। अमिलो प्रजातिको जुनारको स्वाद र परिकार चखाउने उद्देश्यले राजधानीमा साताब्यापि गोलञ्जोर जुनार मेला चलिरहेको छ ।

मेलामा जुनार जुस, केक, आइसक्रिम, जुनार सलाद, क्रेप सुजेट, फ्रेस जुनारको जुस, हट जुनार जुस, हट जुनार जुसको साथमा रम र स्थानीय जौको रक्सीसँग जुनार जेस्टको फ्रेस स्वाद जस्ता परिकार राखिएको ग्रीन ग्रोथले जनाएको छ ।

ग्रीन ग्रोथ ग्रुप, स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेले संयुक्त आयोजनामा कुपण्डोलस्थित रैथाने रेष्टुरेन्ट र ललितपूरका हाटहरुमा जुनार मेला सञ्चालन गरिएको छ। रैथाने रेष्टुरेन्टमा जुनारका परिकार चाख्न र ललितपुरको साझा सहकारीमा शुक्रबार शनिवार धाेबिहाटमा आइतबार र भनिमण्डलमा मङ्गलबार हुने हाटमा जुनार किन्न पाइने छ ।

ग्रीनग्रोथका सञ्चालक निस्चल पाेखरेलका अनुसार पहिलो कुरो त जुनार कस्तो खालको फल हो भनेर उपभाेक्तालाई चिनाउन नै पर्ने अवस्था छ। प्रायः ले नुन खुर्सानीमा साँधेर या जुस बनाएर जुनार खाने गरिए पनि जुनारबाट अन्य परिकार केके बनाउन सकिन्छ भन्ने जानकारी दिनका लागि समेत जुनार मेला गरिएको बताए ।

स्टोरी साइकलका सञ्चालक दिपीका ज्ञवालीका अनुसार उपभोक्ताले जुनारको उत्पादनदेखि बजारसम्मको यात्रा विवरण क्यूआर कोडबाट ट्रयाक गरेर हेर्न सक्छ । हाम्रो करेशा मोवाइल एप बाट यो क्यूआर कोड स्क्यान गरेपछि उपभोक्ताले किन्दै गरेको जुनार कहाँको हो भन्ने जानकारी पाउँछ।

खरिद गरेको जुनारमा कहिले मल हालेको, कहिले टिपेको, कति दूरी पार गरेर ल्याइएको हो ? जस्ता विवरण उपभोक्ताले पाउन सक्छ । यसमा जुनार उत्पादक कृषकको बारेमा जानकारी समेत राखिएको हुन्छ। यसपटक सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको तिनकन्या बगैचाको जुनारको ब्रान्डिङ गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?