 
																			२ पुस, विराटनगर । मोरङको सुनबर्षी नगरपालिका–९ स्थित हुलाकी राजमार्गमा ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार राति करिब साढे ८ बजे रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रक उत्तर तर्फ मोड्ने क्रममा स्टार्ट बन्द भएपछि सुनबर्षी–९ भेरुवाथानमा रोकिएको थियो । रंगेलीबाट डाइनिया जाँदै गरेको मे ४ प १८२३ नम्बरको मोटरसाइकल सोही ट्रकको पछाडि ठोक्किएर दुर्घटना भएको हो ।
स्टार्ट बन्द भएर सडकमा रोकिएको ट्रकसँग ठोक्किदा मोटरसाइकल चालक मोरङ सुनबर्षी–९ बालुबारीका २५ वर्षीय स्वाचन ऋषिदेवको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनापछि टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि रंगेली अस्पताल पठाइएको थियो । राति नै चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले ट्रक चालक मोरङको जहदा गाउँपालिका–४ रामचोक बस्ने २९ वर्षीय सुधिर महतोलाई नियन्त्रणमा लिएको छ ।
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4