+
+

शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १४:५९

२ पुस, काठमाडौं । धादिङकी शोभा पाठकलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

सोमबार काठमाडौं जिल्ला अदालत अगाडिबाट पक्राउ परेकी पाठकलाई प्रहरीले आज मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको प्रहरीले जनाएको छ । पाठकलाई प्रहरी वृत्त स्वयम्भूमा राखेर अनुसन्धान गरिएको छ ।

पाठकविरुद्ध राजकुमार त्रिपाठी नाम गरेका व्यक्तिले साइबर कसुरमा प्रहरी वृत्त स्वयम्भूमा उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?