+
+

नेस्डो समृद्ध लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १४:३५

३ पुस, काठमाडौं । नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले १४.२५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको २ पुसमा बसेको ९९औं बैठकले आर्थिक वर्ष २०८०/८१ को अवितरित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी २५ करोड ५० लाखको १४.२५ प्रतिशतले हुन आउने ३ करोड ६३ लाख ३७ हजार ५ सय रुपैयाँ बराबर बोनस सेयर दिने निर्णय गरेको हो ।

लघुवित्तका अनुसार चुक्ता पूँजीको ०.७५ प्रतिशतका दरले हुन आउने १९ लाख १२ हजार ५ सय रुपैयाँ बराबर नगद लाभांश दिइने छ । यो रकम बोनस सेयर कर प्रयोजनका लागि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?