
काठमाडौं । इन्फर्मेटिक्स कलेज पोखराका १३० जना विद्यार्थी दीक्षित भएका छन् ।
कलेजका अनुसार बीए (अनर्स) बिजनेस प्रशासन विषयमा स्नातक तह गर्ने १३ र बीएससी (अर्नस) कम्प्युटिङ तह पूरा गर्ने ११७ गरी कुल १३० जना विद्यार्थी दीक्षित भएका हुन् ।
बिहीबार आयोजित वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको कलेजले जनाएको छ ।
यी विद्यार्थीले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुऱ्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन् ।
यस वर्षको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति आयुष काजी श्रेष्ठलाई प्रदान गरिएको छ । उनले इस्लिङ्टन कलेजमा एमएससी आईटी र एप्लाइड सेक्युरिटी अध्ययनलाई निरन्तरता दिने छन् ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ ।
प्रतिक्रिया 4