+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

४५ लाख ठगीको अभियुक्त समातिए

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १६:११

५ पुस, काठमाडौं । ४५ लाख रुपैयाँ ठगीको आरोपमा लागेका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२४ घर भइ काठमाडौं कलंकी बस्दै आएका ४७ वर्षीय रामजी गिरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध तीन फरक ठाउँमा गरेर ४५ लाख ठगीको मुद्दा परेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

उनले दुबईको ट्रान्सपोर्ट होल्डिङ ग्रुप अफ कम्पनीको एचआर म्यानेजर भएको बताउँदै दुबई पठाउने भनेर ३ लाख ३२ हजार ठगी गरेको आरोप छ ।

त्यस्तै सुर्खेत जिल्ला अदालतमा ३० लाखको चेक अनादार मुद्दा विचाराधीन अवस्थामा रहेको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा १८ जनाले १२ लाख १५ हजार ठगीको उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?