+

यू-१९ महिला फुटबल : भुटानसँग बराबरीमा रोकियो नेपाल

२०८१ पुष  ७ गते १९:५९ २०८१ पुष ७ गते १९:५९
यू-१९ महिला फुटबल : भुटानसँग बराबरीमा रोकियो नेपाल

७ पुस, काठमाडौं । यू-१९ मैत्रूपर्ण महिला फुटबलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ । आइतबार भएको नेपाल यू१९ महिला टिम र भुटान यू१९ महिला टिमको खेल १-१ को बराबरीमा सकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले अग्रता जोगाउन नसक्दा भुटानसँग बराबरीमा रोकिएको हो । खेलको पहिलो हाफ गोलरहितमा बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको सुरुमै सुशिला केसीले नेपाललाई अग्रता दिलाइन् । ४७औं मिनेटमा सुशिलाको गोलमर्फत नेपालले अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन ।

भुटानका लागि फुन्त्सो छोडेनले ८१औं मिनेटमा बराबरी गोल फर्काइन् । यू-१९ महिला फुटबलमा नेपालविरूद्ध भुटानले पहिलो पटक गोल गरेको हो ।

यू१९ महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय