
८ पुस, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको ७ पुसमा बसेको ८९औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पूँजी ६ करोड ८५ लाख ७१ हजार ८ सयको १४.२५ प्रतिशतले हुन आउने ९७ लाख ७१ हजार ८ सय बराबर बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतले हुन आउने ५ लाख १४ हजार २ सय ८८ बराबर नगद लाभांश दिने निर्णय गरेको हो ।
त्यस्तै सञ्चालक समितिले लघुवित्तको छैटौं वार्षिक साधारणसभा २९ पुसमा गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4