+
+

कुञ्ज घरमा ‘कोही किन बरबाद होस्’ नाटक मञ्चन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते ११:३६

काठमाडौं । विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा र नैतिक मूल्यबारे जागरुक गराउने सद्‍भाव थिएटरले विजय मल्लको ‘कोही किन बरबाद होस्’ नाटक मञ्चन गरेको छ ।

‘शिक्षाका लागि रङ्गमञ्च’ अभियान अन्तर्गत पिक प्वाइन्ट एजुकेसन नेटवर्कको सहकार्यमा सोमबारदेखि कुञ्ज नाटकघर थापागाउँमा नाटक मञ्चन सुरु गरिएको हो ।

नाटकमा पिक प्वाइन्ट एजुकेसन नेटवर्कका विद्यार्थी कलाकारहरूले अभिनय गरेका छन् । रङ्गकर्मी राम के.ए.सी.ले नाटक निर्देशन गरेका छन् ।

पुस ११ गतेसम्म हरेक दिन बिहान ११ बजे र दिउँसो १ः३० बजे मञ्चन हुनेछ ।

सद्भाव थिएटरले यसअघि पुस ३ गतेदेखि ६ गतेसम्म ‘यशस्वी भवः’ नाटक मञ्चन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?