+
+

कैलालीमा धर्म परिवर्तन गराएको आरोपमा पास्टर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते १५:४८

९ पुस, धनगढी। कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

उनका अनुसार धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको छ ।

भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गर्ने बहानामा विद्यार्थीहरुलाई ईसाई धर्ममा लाग्न प्रेरित गरेको आरोप छ ।

उनले लम्की चुहानगरपालिका–१ मा रहेको शहीद स्मृति माविमा विद्यार्थीलाई बाइबल र इसुको बारेमा प्रचार गर्दै ईसाई धर्म अंगाल्न अनुरोध गरेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?