+
+

काठमाडौं उपत्यकामा क्रिसमसको रौनक (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ पुष १० गते १४:३३

१० पुस, काठमाडौं। इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’ बुधबार नेपालमा पनि मनाइएको छ ।

काठमाडौं उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर मनाइरहेका छन् ।

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा पर्ने क्रिसमसमा अभिभावकले बालबालिकालाई मनोरञ्जनस्थल, सपिङ मल घुमाउने, उपहार किनिदिने, फिल्म हेराउने आदि गरेका छन् ।

बालबालिकालाई लक्षित गरी सपिङ मलहरु सजाइएका छन् । ललितपुरको लबी मलमा जहाँ फोटो खिच्न बालबालिका र युवा युवती झुम्मिएका छन् । बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री राखिएका छन् ।

नेपाल ख्रिष्टियन महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने महासंघका अध्यक्ष गहतराजले बताए ।

पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ ।

नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

हेर्नुहोस् तस्वीरहरु :

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?