+
+
भीम रावलसँग वार्ता : :

‘ममाथिको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज’

ममाथिको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते २२:०१

नेकपा एमालेको अघिल्लो महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँगै लडेका एमाले नेता भीम रावल पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित भएका छन् । बुधबारको एमाले बैठक निर्णयबारे अनलाइनखबरले रावलसँग गरेको छोटो वार्ता :

तपाईंले आफूमाथि कारबाही भएको सुन्नुभयो होला, के छ प्रतिक्रिया ?

ममाथिको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज हो । उनी लामो समयदेखि कम्युनिष्ट पार्टीको निर्णय, मूल्य र मान्यता विपरीत काम गर्दै आएका थिए ।

उनी विगतमा जसका विरुद्ध लड्छु भन्थे, त्यसै वर्गसँग मिलेर जसरी भए पनि प्रधानमन्त्री खाने भन्नेमा गए । बाह्य शक्तिसँग मिलेर राष्ट्रिय शक्ति विरुद्ध जाइलागे । साम्यवादी विचार र जनताको बहुदलीय जनवादी विचारलाई तिलाञ्जली दिएर मविरुद्ध खनिए ।

आजको निर्णय त ओली एक्लैले गरेका होइनन्, पार्टीले नै गरेको हो, होइन र ?

हेर्दा पार्टीले औपचारिक बैठक बसेर गरेको जस्तो देखिए पनि त्यो मूलतः ओलीकै एकल निर्णय हो । उनी लामो समयदेखि अध्यक्षका रूपमा त्यसको नेतृत्वमा छन् । त्यसैले यो ओलीकै निर्णय हो ।

तपाईंको त ओलीसँग सौहार्द वार्ता चलिरहेको थियो होइन ? बीचमा च्यासलस्थित पार्टी कार्यालयमै गएर भेट्नुभएको थियो नि ?

म खासमा ओलीलाई भेट्न गएको थिइनँ । यो एक वर्षअघिको कुरा हो । विष्णु पौडेलले ल भेटौं भन्नुभयो । अध्यक्षसँग कुरा राख्नुहोस् भन्नुभयो । मैले २ घन्टाजतिको त्यो भेटमा थुप्रै कुराकानी गरेको थिएँ । तर त्यो ओलीले गरेको नाटक मात्रै रहेछ । कार्यकर्ता अल्मल्याउने षड्यन्त्र मात्रै रहेछ त्यो ।

अब के गर्नुहुन्छ ?

पहिले त म यो निर्णयलाई अध्ययन र अवलोकन गर्छु । साथीभाइ र शुभेच्छुकको राय लिन्छु । सबैका कुरा सुन्छु र निर्णय लिन्छु ।

तपाईं एकीकृत समाजवादीमा जान लाग्नुभएको हो ?

त्यस्तो कुनै निर्णय छैन । यो सत्य होइन । मैले त्यस्तो योजना बनाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?