+
+

निर्वाचनको दुई वर्षपछि ३९ देशमा संसदीय मैत्री समूह गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १३:०८

११ पुस, काठमाडौं । संघीय संसद् सचिवालयले ३९ वटा देशमा संसदीय मैत्री समूह गठन गरेको छ । विभिन्न देशसँग कुटनीतिक सम्बन्ध र विधायकहरूसँगको सम्बन्ध कायम गर्नका लागि संसदीय मैत्री समूह गठन गर्ने परम्परा रहिआएको छ ।

सोही अनुसार बिहीबार मैत्री समूह गठन भएको हो । २०७९ मंसिर ४ गते चुनाव भएको थियो । निर्वाचन भएको दुई वर्षपछि मात्रै संसदीय मैत्री समूह गठन भएको छ ।

३९ वटा देशमा संसदीय मैत्री समूह गठन भएको छन् । गठित मैत्री समूहका संयोजकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् ।

संसद सचिवालयका अनुसार नेपालसँग दौत्य सम्बन्ध भएका देशमा संसदीय मैत्री समूह गठन गर्ने अभ्यास छ ।

नेपालसँग दौत्य सम्बन्ध भएका विभिन्न देशसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्नका लागि राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका सांसदहरू रहेका संसदीय मैत्री समूह गठन गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?