१३ पुस, काठमाडौं । नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा ललितपुरको भैंसेपाटीमा यही पुस १२ र १३ मा सम्पन्न तेस्रो एनबीएसए लालीगुराँस कपको उपाधि भक्तपुरको राइजिङ स्टार क्लबले जितेको छ ।
गोर्खा क्रु क्लबलाई १७-३ रनले हराउँदै राइजिङ स्टारले उपाधि जितेको हो ।काठमाडौं, भक्तपुर र ललितपुरका चाँगुनारायण, राइजिङ स्टार, गोर्खा क्रु, ललितपुर बेसबल सफ्टबल क्लब, श्रीकुल बेसबल र दिपकुन्ज स्कुल लगायतका ६ वटा टिमको सहभागी रहेको प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको थियो।
ललितपुरलाई १५-४ ले पराजित गर्दै चाँगुनारायण तेस्रो भयो। प्रतियोगिताको उत्कृष्ट खेलाडी चाँगुनारायणका सफल थापा भए भने बेस्ट पिचर गोर्खा क्रुका अनिश परियार भए।
विजयी खेलाडी तथा टिमहरुलाई राखेपका बोर्ड सदस्य अन्जन धमला, ललितपुर महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष दामोदर खड्का,नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दिपक न्यौपाने स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल लगायतले पुरस्कार,मेडल र प्रमाणपत्र वितरण गरेका थिए।
प्रतिक्रिया 4