+
+

अखिल क्रान्तिकारीको मतदान विवाद मिलाउन माओवादीले बोलायो पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते १२:४०
फाइल तस्वीर

१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेरहद सम्बन्धी मतगणनामा भएको विवाद मिलाउन पदाधिकारी बैठक बोलाएको छ ।

आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको बैठक राखिएको छ । नेताहरूका अनुसार उक्त बैठकले अखिल क्रान्तिकारीमा उमेर हद ३२ वर्ष राख्ने कि नराख्ने विषयमा भएको मतगणनामा विवाद भएको छ ।

कुल दुई हजार ४२८ मध्ये एक हजार ८ सय मत खसेको र त्यसको मतगणना लगभग सकिएको नेताहरू बताउँछन् ।

यही बेला मतगणनामा विवाद भएपछि मतगणना नै रोकिएको छ । यो विषयमा कुरा नमिलेपछि पार्टीको पदाधिकारी बैठक नै बसेर छलफल गर्न लागिएको हो ।

तर, माओवादीको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय आगामी केन्द्रीय समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागिएको बताउँछन् ।

माओवादीको केन्द्रीय समितिको बैठक यही पुस २१ गते बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?