+
+

सभागृहमा पीएल सिंहको शालिक बनाउने काठमाडौं महानगरको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते १६:२०

१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने भएको छ ।

महानगरपालिकाको १६ औं अधिवेशनमा प्रमुख बालेन शाहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् ।

काठमाडौंलाई नेपालकै पहिलो महानगरपालिका निर्माण गर्नको लागि योगदान गरेको भन्दै सिंहको पूर्णकदको शालिक बनाउने घोषणा गरिएको हो ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्व. सिंहको महत्वपूर्ण भूमिका रहेको महानगरले जनाएको छ । वि. सं. १९९६ साल चैत ११ गते जन्मेका सिंह पछिल्लो समय उपचारसँगै चाक्सीबारी निवासमा बसिरहेका थिए ।

गत १ पुसमा उनको निधन भएको थियो । प्रजातन्त्र पुनःस्थापना भएपछि भएको स्थानीय निर्वाचनबाट पहिलो प्रमुखका रुपमा निर्वाचित भएका थिए ।

यस्तै महानगरपालिकाले अधिवेशनमा जनप्रतिनिधि तथा कर्मचारीहरूलाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?