+
+

कुमारी बैंकले गर्‍यो १० लाखको बीमा रकम भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १३:१९

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी बैंकको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको जनाइएको छ ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ ।

यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरूले २६ लाख रुपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।

कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकको सुविधाका लागि कुमारी परिवार सुरक्षा बचत खाता योजना मार्फत बीमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?