+
+

धादिङको धुनिबेशीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखारहित बैंकिङ सेवा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १४:०५

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले धादिङको धुनिबेसीमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ ।

बैंकका अनुसार धादिङको धुनिबेसी नगरपालिका-९ स्थित टायलघर (व्यावसायिक प्रतिनिधि सन्जीव खत्री) मा व्यावसायिक प्रतिनिधि मार्फत शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा केन्द्रको संख्या ७३ पुगेको छ ।

कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका डिजिटल पेमेन्टस् विभागका आर्यन सिग्देलले शाखारिहत बैंकिङ सेवा तथा सोको प्रयोगका बारेमा जानकारी गराएका थिए ।

व्यावसायिक प्रतिनिधि मार्फत ग्राहकले बचत खाता खोल्ने, बचत स्वीकार गर्ने, रकम भुक्तानी दिने, खाता मौज्दात तथा खाताको कारोबार विवरण निकाल्ने, एक खाताबाट अर्को खातामा रकमान्तर गर्ने, अन्य बैंकको खातामा रकम जम्मा गर्ने, कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्ने, बिजुलीको बिल भुक्तानी, मोबाइल फोनको रिचार्ज सेवा लगायत बैंकले तोकेका अन्य सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?