+
+

प्रधानमन्त्रीको प्रश्न : चुलोचौकोबाट निस्किएर महिलाले सरकार चलाउनु परिवर्तन होइन ?

देशमा केही भएन भन्नेहरूलाई जवाफ दिँदै प्रधानमन्त्रीले भने – व्यवस्था मात्र होइन, अवस्थामा पनि धेरै परिवर्तन आएको छ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १६:३४

१९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था परिवर्नतपछि नेपाली जनताको अवस्थामा पनि धेरै परिवर्तन आएको बताएका छन् ।

शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रममा प्रधानमन्त्री ओलीले शासन व्यवस्थामा मात्र नभई धेरै क्षेत्रमा परिवर्तन आइसकेको चर्चा गरे ।

‘एउटा भाष्य बनाउन खोजिएको छ । परिवर्तन व्यवस्थामा मात्र भएको हो, अवस्थामा होइन भन्ने,’ सहभागी महिलाहरूलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईं जो यहाँ सहभागी हुनुभएको छ । तपाईंहरूका आमाको पालामा पनि यस्तै थियो त ? हिजो आमा, हजुरआमाले पनि यस्तै सुविधा उपभोग गर्नुभएको थियो ? पक्कै थिएन । हिजोभन्दा आज अवस्थामा पनि निकै परिवर्तन भइसकेको छ ।’

हिजो हुम्ला, जुम्ला, मुगु, डोल्पाबाट काठमाडौं आउनसमेत सम्भव नभएको अवस्था परिवर्तन भएरु सबैतिर यातायात पुगेको, महिलाको साक्षारता प्रतिशत निकै माथि उठेको, महिलाहरू जागिर खाने मात्र नभई उद्यमशील भएर अरुलाई रोजगारी दिइरहेकोलगायतका चर्चा प्रधानमन्त्रीले गरे ।

उनले भने, ‘हिजो सरकार के हो भन्नेसमेत थाहा नहुने अवस्था थियो । चुलौचौकाबाट बाहिर निस्किएर आज महिलाहरूले स्थानीय सरकार चलाएका छन् । यो परिवर्तन होइन ?’

पुरुषसँग शारीरिकबाहेक अन्य प्रतिस्पर्धामा महिला निकै अगाडि रहेको बताउँदै प्रधानमन्त्रीले संविधान र कानुनले गरेको व्यवस्थाअनुसार महिलाको प्रतिनिधित्व अन्य क्षेत्रमा पनि बढाउँदै लानुपर्ने धारणा राखे ।

‘महिलाले अब पुरुषबराबर समान अधिकार पाउनुपर्दछ । संविधान र कानुनले भन्छ । हामीले अहिले पनि त्यो गर्न सकेका छैनौँ । तर, त्यहाँ पुग्नैपर्दछ,’ उनले भने ।

अधिकार, सम्मान, सुरक्षा, सम्मानित जीवनने अवसर उपभोगमा अब महिलालाई समानता चाहिएको प्रधानमन्त्रीको भनाइ थियो ।

लेखकको बारेमा
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?