+
+

भूकम्प : काठमाडौंमा एक व्यक्ति घरको छतबाट हामफाले, बारामा विद्यार्थी बेहोस

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते ११:३३

२३ पुस, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् ।

नेपाल प्रहरीका अनुसार नागार्जुन नगरपालिका-१० स्युचाटारका २० वर्षीय रिकेश थापाले हाम फालेका हुन् । आफ्नै तीन तले घरको १.५ तला माथिबाट हाम फाल्दा भुईंमा लडेर घाइते छन् । उनको मनमोहन अस्पतालमा उपचार जारी छ ।

आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो । उपत्यकावासी आत्तिएर घरबाहिर निस्किएका थिए ।

प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका  छन् । उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?