+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

माओवादी बैठकमा प्रस्ताव- जनयुद्धका शहिद र बेपत्ताहरूको अभिलेखसहित ‘रेड बुक’ बनाऔं

‘पटकपटक जनयुद्धलाई अदालतबाट अस्वीकृत नगराऔं’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १५:०६

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले जनयुद्धका शहिद र बेपत्ता पारिएकाहरूको अभिलेखसहित ‘रेड बुक’ बनाउने प्रस्ताव राखेका छन् ।

आइतबारबाट जारी पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा बस्नेतले जनयुद्धका शहिद र बेपत्ताहरू बराबर भएको भन्दै त्यसको अभिलेख हुनुपर्ने बताएका हुन् ।

‘आफू मरेर अरुलाई उज्यालो छर्नुमा जीवन देख्ने महान शहिद, बेपत्ताहरू सबै उत्तिकै महान हुन्,’ बस्नेतले भनेका छन्, ‘केन्द्र, प्रदेश, जिल्ला, पालिका तहमा व्यवस्थित अभिलेख सहितको रेड बुक तयार पारौं ।’

उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्वको रुपमा गर्व गर्नुपर्ने पनि बताए । केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेन्डा नराख्न आग्रह गर्दै अवधि पुगेपछि स्वतः हुनुपर्ने बताए ।

बरु, प्रचण्डले प्रत्येक साता एकजना स्थानीय तहका जनप्रतिनिधि र पार्टी कमिटी प्रमुखसँग भर्चुअल संवाद गर्न आवश्यक रहेको बताएका थिए ।

उनले फागुन १ गतेलाई बलिदान दिवसको रुपमा मनाउने निर्णय गर्नुपर्ने प्रस्ताव पनि राखेका छन् ।

‘बलिदान दिवसभित्र नै जनयुछलाई उत्सवको रुपमा मनाऔं,’ केन्द्रीय सदस्य बस्नेतको प्रस्ताव छ, ‘पटकपटक जनयुद्धलाई अदालतबाट अस्वीकृत नगराऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?