+
+

गार्डियन माइक्रोलाइफको आईपीओ भर्ने आज अन्तिम दिन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते ८:४८

२४ पुस, काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आजदेखि आवेदन बन्द हुने भएको छ । बैंकिङ समयपश्चात आवेदन बन्द हुने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा मंगलबार साँझ ५ बजेसम्म १०.८ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार एक दिन बाँकी रहँदा १४ लाख ९२ हजार ७६९ जनाले आवेदन दिएका छन् ।

१८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेकोमा १ करोड ९९ लाख ९१ हजार ८९० कित्ताका लागि आवेदन परेको छ । रकममा करिब २ अर्ब बराबरको आवेदन परेको छ ।

कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । यसले कम्पनी आफ्नो दायित्व पूरा गर्न मध्यम स्तरको जनाउँछ । अंकित मूल्य १ सयका दरले न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?