+

जय ट्रफी : मधेशविरूद्ध पुलिसको इनिङ्स घोषणा

२०८१ पुष  २५ गते ११:०० २०८१ पुष २५ गते ११:००
जय ट्रफी : मधेशविरूद्ध पुलिसको इनिङ्स घोषणा

२४ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत तेस्रो खेलअन्तर्गत बिहिबार नेपाल पुलिस र मधेश प्रदेशबीच दोस्रो दिनको खेल सुरू भएको छ ।

पर्सामा भइरहेको दोस्रो दिन ४० ओभरमा ३ विकेटको क्षतिमा १७४ रनको अवस्थाबाट खेल सुरू गरेको पुलिसले ५९ ओभर खेलेर इनिङ्स घोषणा गरेको छ ।

५९ ओभरमा २५८-४ को अवस्थामा पुलिसले डिक्लेयर गरेको हो । पुलिससँग १२९ रनको अग्रता छ । पुलिसका आरिफ शेख ४० तथा शंकर राना ३१ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल ६३ तथा दिलिप नाथ ४० रनमा आउट भएका थिए । मधेशका कप्तान हरिशंकर साहले २ तथा रुपेश सिंह र अभिषेक तिवारीले १ विकेट लिएका छन् ।

त्यसअघि बुधबार टस हारेर ब्याटिङ गरेको मधेशले पहिलो इनिङमा अलआउट हुँदै १२९ रन बनाएको थियो । मधेशका लागि मयन यादवले सर्वाधिक ५९ रन बनाउँदा निरज यादवले २९ रन बनाए ।

पुलिसका गुल्शन झाले १३ ओभरमा ४० रन दिएर ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिँदा सर्वन यादव र ललित राजवंशीले एक-एक विकेट लिए ।

पहिलो खेलमा मधेशले बागमतीसँग ड्र खेलेको थियो भने पुलिसले आर्मीसँग ड्र खेलेको थियो ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय