+
+

नेपालमा दुई दिने ‘वर्डक्याम्प नेपाल २०२५’ हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १३:३३

२५ पुस, काठमाडौं । नेपालमा दुई दिने ‘वर्डक्याम्प नेपाल २०२५’ हुने भएको छ । वर्डप्रेस प्रयोगकर्ताहरूलाई एकत्रित गर्दै चैत २२ र २३ गते (अपिल ४ र ५ तारिख)मा वर्डक्याम्प नेपाल २०२५ हुन लागेको हो ।

काठमाडौंको चण्डोलमा हुने उक्त कार्यक्रममा वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु तथा वर्डप्रेस जान्न उत्सुकहरु सहभागी हुन सक्‍ने आयोजकले जनाएको छ ।

कार्यक्रममा मूलतः काठमाडौं वर्डप्रेस समुदायले विभिन्न देशमा कार्यरत वर्डप्रेस विशेषज्ञ, कम्पनीहरु बीच सहकार्य, शिक्षा, र नेटवर्किङ गर्ने बताइएको छ । साथै वर्ड क्याम्पमा विविध पृष्ठभूमिबाट सहभागीहरू हुने बताइएको छ जसमा सामान्य प्रयोगकर्ताहरूदेखि मूल डेभलपरहरूसम्मको समूहले जानकारी र विशेषज्ञता आदान प्रदान गर्नेछन्।

वर्डक्याम्प नेपाल २०२५ ले सम्पूर्ण सहभागीहरुलाई ओपन सोर्स प्लेटफर्ममा जोडिन र अनुभव साट्नलाई विशेष अवसर प्रदान गर्नेछ ।

यस्तै पहिलो दिन चैत २२ गते ‘कन्ट्रिब्यूटर डे’को रूपमा तालिकामा समावेश गरिएको छ जसमा सहभागीहरू वर्डप्रेसको ओपन-सोर्स प्रोजेक्टमा आफ्नो रुची रहेको क्षेत्रमा योगदान गर्न, नयाँ कुरा सिक्न, र समुदायसँग जोडिन सक्नेछन् ।

यस्तै सम्मेलनको दोस्रो दिनमा कन्फरेन्स डे राखिएको छ जसमा वर्डप्रेस विशेषज्ञहरूसँग भेटघाट गर्ने, नयाँ विचारहरू सिक्ने, र आफ्नो करियरलाई अगाडि बढाउन चाहनेहरूलेउपयुक्त अवसर पाउने छन् । साथै सहभागीहरूले वर्डप्रेस वर्कसपमा भाग लिएर कुनै विषय वस्तुलाई आधार मानेर वर्डप्रेसमा वेबसाइट बनाएर देखाउनु पर्नेहुन्छ ।

उक्त कन्फरेन्समा भाग लिन चाहनेहरूले वर्डक्याम्प नेपालको आधिकारिक वेबसाइटमा गएर फारम भर्न सक्‍नेछन् ।

कार्यक्रममा नेपाल, भारत, अमेरिका, युरोपेली मुलुकहरु, बंगलादेश जस्ता विभिन्न राष्ट्रबाट स्वदेशी तथा विदेशी सहभागीहरु उपस्थित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?