+
+

ऐनबाट ‘निजामती’ शब्द हटाउन ट्रेड युनियन नेताको माग

संघीय निजामती सेवा ऐनको नाम बदलेर सरकारी सेवा ऐन वा संघीय सेवा ऐन राख्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १५:०२

२६ पुस, काठमाडौं । एकीकृत समाजवादी निकटको कर्मचारी संगठनका अध्यक्ष यामबहादुर खत्रीले निजामती ऐनको नाम बदल्न माग गरेका छन ।

संघीय निजामती सेवासम्वन्धी विधेयकमाथि शुक्रबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राय प्रस्तुत गर्दै उनले यस्तो माग गरेका हुन् ।

‘संघीय निजामती सेवा ऐनको नाम बदल्न सकिन्छ । सरकारी सेवा ऐन वा संघीय सेवा ऐन भन्न सकिन्छ,’ उनले समितिको बैठकमा बताए ।

निजामती ऐनको नामबाट ‘निजामती’ शब्द हटाउनुपर्ने उनको माग छ । सांसदहरूले पनि यस्तो माग गर्दै संशोधन प्रस्ताव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?