+
+

सुमेघ ट्राभल्सले खोल्यो ‘सुमेघ होलिडेज’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १५:३२

२६ पुस, काठमाडौं । डेढ दशकदेखि पर्यटन सम्बद्ध सेवा उपलब्ध गराउँदै आएको पर्यटन कम्पनी सुमेघ ग्रुपले ‘सुमेघ होलिडेज’ सञ्चालनमा ल्याएको छ ।

सुमेघ होलिडेज स्थापनाले नेपालको पर्यटन उद्योगमा नयाँ ऊर्जा थप्ने र यसलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप उचाइमा लैजाने ग्रुपका अध्यक्ष मेघ केसीले बताए ।

केसीका अनुसार सुमेघ होलिडेजले ग्राहकमैत्री सेवा अनुभव सुनिश्चित गर्दै अनलाइन बुकिङ, सहज यात्रा व्यवस्थापन, नवीनतम प्रविधि प्रयोग मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण (टुर) प्याकेज लगायत सुलभ दरमा उपलब्ध गराउने छ ।

सुमेघ होलिडेज ‘नेपाल भिजिट’ अभियान सञ्चलान गर्दै नेपाल चिनाउँदै विश्वकै प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?