+
+

रविलाई छाड्न जारी आदेशको मितिमा दुई ठाउँ भेटियो त्रुटि

कास्की अदालतका न्यायाधीश नितिज राईले बिहीबार जारी गरेको आदेशमा दुई ठाउँ २४ पुसको मिति उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १८:०३

२६ पुस, काठमाडौं । जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री रवि लामिछाने लगायतलाई धरौटीमा छाड्ने आदेश तयारी क्रममा त्रुटि गरेको भेटिएको छ ।

न्यायाधीश नितिजकुमार राईले विहीबार रवि लामिछाने सहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेका थिए । आदेशको अन्त्यमा टाइप भएको मितिमा २०८१ साल पुस २४ गते भनी लेखिएको छ ।

आदेशको पुछारमा न्यायाधीश नितिज राईले हस्ताक्षर गरेका छन् । उनको हस्ताक्षरमुनि हातले लेखिएको मितिमा पनि पुस २४ नै छ । अर्थात्, दुवै ठाउँमा आदेश जारी भएको भन्दा अघिल्लो दिनको मिति छ ।

पूर्वगृहमन्त्री लामिछाने सहित सात जनालाई धरौटीमा छाड्ने आदेश भने विहीबार अर्थात २५ पुसमा मात्रै तयार भएको हो । कानुन क्षेत्रका सरोकारवालाहरुले आदेश आउनुअघिको मिति कसरी दुई–दुई ठाउँ लेखिन पुग्यो भनी चासो व्यक्त गरेका छन् ।

जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले भने त्रुटिवश आदेशमा अघिल्लो दिनको मिति अर्थात् २४ पुस उल्लेख भएको बताए ।

‘आदेशमा त्रुटिवश पुस २४ टाइप भएको रहेछ, श्रीमान्‌ले पनि हस्ताक्षर गर्नेबेला त्रुटिवश त्यही हेरेपछि पुस २४ लेख्नुभएको होला,’ स्रेस्तेदार खनालले दाबी गरे, ‘हामीले त्रुटि थाहा पाउनासाथ मिति सच्याएर प्रिन्ट गरी हस्ताक्षर गराएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?