+
+

सेजभित्र निर्यात नभए आन्तरिक बजारमै बेच्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २७ गते ०:०५

२६ पुस, काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज)भित्र अब सेवामूलक उद्योग पनि स्थापन हुन सक्ने भएका छन् ।

राष्ट्रपतिद्वारा जारी आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा विशेष आर्थिक क्षेत्र सम्बन्धी ऐनमा संशोधन गर्दै सेजभित्र सेवामूलक उद्योग पनि स्थापना गर्न अनुमति दिने व्यवस्था गरिएको छ ।

विशेष आर्थिक क्षेत्रमा सेवा प्रदान गर्ने उद्योगलाई पनि उत्पादन उद्योग सरह समान सुविधा प्रदान गर्ने व्यवस्था सो अध्यादेशमा गरिएको छ ।

यसका साथै अध्यादेशमा सम्झौतामा उद्योग स्थापना गरिसक्नु पर्ने अवधि किटान गरी र त्यस्तो नभएकोमा अनुमतिपत्र रद्द गर्न सक्ने व्यवस्था पनि गरिएको छ । निर्यात गर्न नसक्ने अवस्था सिर्जना भएकोमा अन्तरिक बजारमा नै बिक्रि गर्न सक्ने प्रावधानको विकल्प पनि ऐनमार्फत दिइएको छ ।

सेजमा स्थापना भएका उद्योगले जग्गा बाहेक अन्य स्थिर सम्पत्ति र सम्झौतालाई धितो राखी ऋण लिन सक्ने सुविधा पनि प्रदान गरिएको छ । विशेष आर्थिक क्षेत्रमा स्थान्तरण भएका उद्योगलाई पनि कर सुविधा प्रदान गर्ने व्यवस्था समेत अध्यादेशमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?