२६ पुस, काठमाडौं । सरकारले योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालन कानुन संशोधन गरेको छ । अध्यादेशमार्फत उक्त कानुन संशोधन गरिएको हो ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले केही झन्झटिला कानुन संशोधन गर्नेगरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।
जसमा योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालनको कानुन पनि संशोधन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनलाइनखबरलाई जानकारी दियो ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशमार्फत केही झन्झटिला देखिएका कानुन संशोधन गर्ने अध्यादेश ल्याएको हो ।
मन्त्रिपरिषद्बाट पारित भएको अध्यादेश राष्ट्रपति प्रमाणीकरण भएसँगै यस्तो कानुनी व्यवस्था कार्यान्वयनमा जानेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4