+

जय ट्रफी : आर्मीविरूद्ध फलोअनमा परेको मधेश अग्रताको खोजीमा

२०८१ पुष  २८ गते ११:५२ २०८१ पुष २८ गते ११:५२
जय ट्रफी : आर्मीविरूद्ध फलोअनमा परेको मधेश अग्रताको खोजीमा

२८ पुस, काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको पाँचौं खेलमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबबीच आइतबार दोस्रो दिनको खेल भइरहेको छ ।

वीरगञ्‍जमा जारी खेलमा पहिलो इनिङमा सस्तैमा समेटिएर फलोअनमा परेको मधेशले आर्मीविरूद्ध अग्रता खोजीरहेको छ । दोस्रो दिन लन्चसम्मको खेलमा मधेशले ३९ ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको छ । मधेश अझै २३ रनले पछाडि छ ।

कप्तान हरिशंकर साह १३ रन बनाएर खेलिरहेका छन् भने प्रदीप पासवान पनि शून्य रनको अवस्थामा क्रिजमा छन् । त्यसअघि मयन यादवले ४९ रन बनाएर आउट भएका थिए । आर्मीका साहब आलमले ३ विकेट लिएका छन् भने आकाश चन्द र बसिर अहमदले १-१ विकेट लिएका छन् ।

त्यसअघि पहिलो इनिङमा आर्मीको २२५ रनको अग्रता पछ्याउँदा १०२ रनमा समेटिएपछि मधेश फलोअनमा परेको थियो ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय