+

रित र शुभको अर्धशतकमा पुलिसविरूद्ध अग्रता बढाउँदै बागमती

२०८१ पुष  २८ गते १२:०७ २०८१ पुष २८ गते १२:०७
रित र शुभको अर्धशतकमा पुलिसविरूद्ध अग्रता बढाउँदै बागमती

२८ पुस, काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको छैटौं खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लबबीच आइतबार दोस्रो दिनको खेल भइरहेको छ ।

दोस्रो इनिङमा ब्याटिङ गरिरहेको बागमतीले पुलिसविरूद्ध अग्रता बढाइरहेको छ । लन्च ब्रेकसम्मको खेलमा बागमतीले ३७ ओभर खेल्दा ५ विकेट गुमाएर १६७ रन बनाएको छ । बागमतीसँग ६४ रनको अग्रता छ ।

बागमतीका प्रतिक श्रेष्ठ १२ र नन्दन यादव ७ रन बनाएर खेलिरहेका छन् । त्यसअघि शुभ कंसाकारले ७० तथा रित गौतमले ५२ रन बनाएर आउट भएका थिए । पुलिसका श्रवण यादवले २ विकेट लिँदा ललित राजवंशी, गुल्शन झा र राशिद खानले १-१ विकेट लिएका छन् ।

खेलको पहिलो इनिङमा बागमती ११२ रनमा अलआउट भएपछि पुलिसले जवाफमा २१५ रन जोड्दै १०३ रनको अग्रता बनाएको थियो ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय