+

जय ट्रफीमा मधेश जितविहीन, अन्तिम खेलमा आर्मीको सहज जित

२०८१ पुष  २८ गते १४:२८ २०८१ पुष २८ गते १४:२८
जय ट्रफीमा मधेश जितविहीन, अन्तिम खेलमा आर्मीको सहज जित

२८ पुस, काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको पाँचौं खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशमाथि सहज जित हासिल गरेको छ । दोस्रो दिनको दोस्रो सेसनमै खेल सकिँदा आर्मीले ८ विकेटको जित हात पारेको हो । जय ट्रफीमा आर्मीको यो पहिलो जित हो । यसअघि दुई खेलमा ड्र खेलेको थियो ।

वीरगञ्‍जमा भएको खेलमा मधेशले दिएको २८ रनको लक्ष्य आर्मीले ६ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । पहिलो इनिङमा सस्तैमा समेटिएर फलोअनमा परेको मधेशले दोस्रो इनिङमा आर्मीविरूद्ध १५० रनमा अलआउट भएर २७ रनको सामान्य अग्रता बनाउँदै २८ रनको लक्ष्य दिएको थियो ।

मयन यादवले सर्वाधिक ४९ रन बनाएर आउट भएका थिए भने कप्तान हरिशंकर साह १४२ बल खेल्दै क्रिजमा टिकेर २५ रन बनाए । आर्मीका बसिर अहमदले ४ विकेट लिँदा साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा आर्मीले २२५-९ को अवस्थामा इनिङ घोषणा गरेको थियो भने जवाफमा मधेश १०२ रनमा समेटिएपछि फलो-अनमा परेको थियो । यस खेलमा विजयी भएसँगै आर्मीले फाइनलमा स्थान बनाएको छ ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय